काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारवाही गरेको छ । बैंकले स्टयान्डर्ड चार्टर्ड बैंक नेपाल र एनसीसी बैंकलाई जरिवाना गरेको हो ।
यी दुवै बैंकलाई गत आर्थिक बर्ष २०७८/७९को चौंथो त्रैमासमा निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले नगद जरिवाना गरेको हो ।
राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराएको हो ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात/बैद्यानिक तरलता अनुपात कायम नगरेका कारण जरिवना गरेको बताएको छ ।
वि.सं.२०७९ साउन १९ बिहीवार १४:५८ मा प्रकाशित