back
NMB ad

तीन कम्पनीको सर्वाधिक सेयर कारोबार, आज कुनको कति कित्ता बिक्री भयो ?

Kumari bank ad

काठमाडौं । बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । साताको पाँचौं कारोबार दिन बजार ३८.६१ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक नेप्से २१४८.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।

बुधवारको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको छ । उक्त दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन शिवम सिमेन्टसहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

उक्त दिन शिवम सिमेन्टको सबैभन्दा बढी २५ करोड २२ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेप्सेका अनुसार आज कम्पनीको ३ लाख १२ हजार १९४ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य भने आज ८०५ रुपैयाँ १० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन कारोबार रकमको आधारमा दोस्रो स्थानमा हिमालयन डिस्टीलरी रहेको छ ।
आज कम्पनीको १३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको ३३ हजार २४५ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य ३ हजार ९३० रुपैयाँ रहेको छ ।

उक्त दिन अपि पावर कम्पनीको सेयर पनि १२ करोड ७९ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ४ लाख ४३ हजार ५०४ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८४ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १५:३७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...