back
NMB ad

यस्तो छ मन्दाकिनी हाइड्रोपावरले पहिलो कारोबारका लागि पाउने ओपन रेञ्जको संकेत !

Kumari bank ad

काठमाडौं । साउन १७ गते मंगलबार मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड भएको थियो ।

कम्पनीको आईपीओ रितपूर्वक आवेदन दिने १ लाख ९ हजार ३ सय ७४ जनाले सेयर हात पारेका छन् । यी मध्ये ९ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकै सबैले १०/१० कित्ता सेयर पाएका छन् ।

हाल कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ पहिलो कारोबारका लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँसम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ रहको छ । यसका आधारमा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँसम्मको ओपन रेञ्ज पाउने देखिएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमध्ये जारी पूँजीको २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए ।

वि.सं.२०७९ साउन १९ बिहीवार १६:११ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...