back
NMB ad

पुँजी वृद्धि नगर्ने बिमा कम्पनीको कारोबार रोक्का हुन्छ : अध्यक्ष सिलवाल

Kumari bank ad

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने बिमा कम्पनीहरुको कारोबार रोक्का गर्ने बताएका छन् ।

राष्ट्रिय बिमा कम्पनी नवौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिलवालले समितिले निर्देशन दिए अनुसार पुँजी नपुर्याए कारोबार रोक्का गरिने बताएका हुन् ।

तोकिएको समयसीमाभित्र पुँजी नपुर्याउने सरकारी र निजी क्षेत्रको जुन सुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने सिलवालको भनाई छ ।

सिलवालले प्रतिष्पर्धात्मक एवं ग्राहकमुखी बिमा सेवा उपलब्ध गराउन पनि बिमा कम्पनीलाई सुझाव दिएका छन् ।

बिमा कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले नियामक निकायबाट हालसम्म (आ.व. २०६८र६९ देखि आ.व. २०७२/७३ सम्मको) स्वीकृत वित्तीय विवरणको वार्षिक साधारण सभा यथाशीघ्र गर्ने लक्ष्य लिइएको जानकारी गराएका छन् ।

साथै, पछिल्ला आर्थिक वर्षहरुका वित्तीय विवरण पनि यसै आर्थिक वर्षभित्र तयार गरी वार्षिक साधारण सभा गर्ने लक्ष्य लिएको जानकारी गराए ।

यस्तै, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले कम्पनीको लगानीका हिसाबले ऋणपत्र, सेयर र डिबेन्चरमा बढी रहेको देखिएको जानकारी गराएका छन् ।

उनले हालसम्म नेपाल सरकार, बिमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरुमा तथा विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालिन तथा दीर्घकालिन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको जानकारी गराए ।

वि.सं.२०७९ साउन १९ बिहीवार १६:३१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...