back
Hero Ad

एनबि बैंकलाई प्राप्ति गरेपछि कस्तो देखियो त नबिल बैंकको वित्तीय प्रगति ? ( विवरणसहित)

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवमा बैंकले ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ९.८३ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४३ करोड १९ लाख ८१ हजार रुपैयाँ रहेको छ । बैंकको यो आम्दानी अघिल्लो वर्षको चौंथो त्रैमासको तुलनामा भने १६.७९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ७ करोड ५८ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा बैंकको संचालन मुनाफा पनि १३.९८ प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड ६३ लाख ४२ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य नाफा ३ अर्ब ३७ करोड १४ लाख २२ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २९ अर्ब ७५ करोड ७ लाख ८४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकको खराब कर्जा पनि झिनो घटेर १.५४ प्रतिशतमा झरेको छ ।

गत आवमा बैंकको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ ९२ पैसाले घटेर २१ रुपैयाँ ७८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ ३७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २० शुक्रवार १०:३९ मा प्रकाशित

You can share this post!

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि  एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

वि.सं.२०७९ भदौ २ बिहीवार १६:२०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला...

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १६:११

काठमाडौं । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ...

नेपाल टेलिकमको इन्डिया भ्वाइस प्याक अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमको इन्डिया भ्वाइस प्याक अफर, यस्ता छन् सुविधा

वि.सं.२०७९ भदौ २ बिहीवार १५:५६

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न...

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

वि.सं.२०७९ भदौ २ बिहीवार १५:४३

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल...

७६ हजार ९३० कित्ता बिक्री भयो निफ्राको सेयर, प्रतिकित्ता कति ?

७६ हजार ९३० कित्ता बिक्री भयो निफ्राको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ भदौ २ बिहीवार १५:३५

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य वृद्धि भएको...

के भयो आज नबील बैंकको सेयर ?

के भयो आज नबील बैंकको सेयर ?

वि.सं.२०७९ भदौ २ बिहीवार १५:२३

काठमाडौं । आज नबील बैंकको सेयर मूल्य वृद्धि भएको छ...