back
NMB ad

३७.३८% ले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा : वितरण योग्य मुनाफा ३ अर्ब बढी, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब बढी नाफा कमाएको छ ।

बैंकले शुक्रबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले गत आवमा ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ३७.३८ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १७.२९ प्रतिशतले वृद्धि भई ९ अर्ब ६६ करोड ९२ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा बैंकको संचालन मुनाफा ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने वितरण योग्य नाफा ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १८ अर्ब ५४ करोड २९ लाख १८ हजार रुपैयाँ राखेको छ ।

गत आवमा बैंकले खराब कर्जा पनि १.०७ प्रतिशतले घटाएर २ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९० पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २० शुक्रवार ११:१५ मा प्रकाशित

You can share this post!

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...