back
NMB ad

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ४ अर्ब ७७ करोड : दुई बैंक मात्र अर्ब क्लवमा प्रवेश, कुनको प्रगति कस्तो ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हालसम्म पाँच वटा राष्ट्रिय विकास बैंकहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् । जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ, सांग्रिला डेभलपमेन्ट र गरिमा विकास बैंक रहेका छन् ।

यी बैंकहरुले गत आवमा ४ अर्ब ७७ करोड ८९ लाख २८ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने यी बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकहरुले ३ अर्ब ६९ करोड १४ लाख ३७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

उक्त अवधिमा हालसम्म दुई बैंक अर्ब क्लबमा प्रवेश गरेका छन् । गत आवमा गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले अर्ब बढी नाफा कमाएका हुन् ।

गत आवमा गरिमा विकास बैंकले १ अर्ब ४९ करोड २१ लाख ६७ हजार रुपैयाँ र मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ नाफा कमाएका छन् । यी दुवै बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा क्रमशः २५.६८ प्रतिशत र १८.४६ प्रतिशतले बढी हो ।

गत आवमा लुम्बिनी विकास बैंकले नाफामा छलाङ मारेको छ । उक्त अवधिमा बैंकले ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.६८ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको नाफा ४३ करोड ३९ लाख ६७ हजार रुपैयाँ मात्र रहेको थियो ।

गत आवमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २८.१० प्रतिशतले वृद्धि भई ६४ करोड ५२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ५० करोड ३७ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, गत आवमा सांग्रिला डेभलपमेन्ट बैंकले ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौंथो त्रैमासमा बैंकले ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।

वि.सं.२०७९ साउन २० शुक्रवार १२:२६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...