back
Hero Ad

हिमालयन हाइड्रोपावरको आईपीओले कति पायो त पहिलो कारोबारका लागि ओपन रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।

शुक्रबार कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एचएचएल रहेको छ । उक्त सेयर अब आइतबारदेखि कारोबारमा आउने छ ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि ६७ रुपैयाँ ९६ पैसादेखि २२८ रुपैयाँ ९९ पैसा ओपन रेञ्ज तोकेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ३३ रहेको छ । त्यसकारण कम्पनीको आईपीओले ६७ रुपैयाँ ९६ पैसादेखि २२८ रुपैयाँ ९९ पैसा ओपन रेञ्ज तोकेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म कुल १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण गरिएको थियो । गोलाप्रथामार्फत १ लाख ८३ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन परेको थियो । जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो ।

वि.सं.२०७९ साउन २० शुक्रवार १२:४१ मा प्रकाशित

You can share this post!

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा...

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समिती सदस्य अनिता टण्डनको राजिनामा स्विकृत

वि.सं.२०७९ भदौ २ बिहीवार १७:१०

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितीको सदस्य अनिता रायमाझी टण्डनको...

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

वि.सं.२०७९ भदौ २ बिहीवार १६:४३

काठमाडौं । गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि  एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

वि.सं.२०७९ भदौ २ बिहीवार १६:२०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला...

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १६:११

काठमाडौं । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ...