काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सको कार्यकारी अधिकृत (सिइओ) मा निर्मल दाहाल नियुक्त भएका छन् ।
कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले दाहाललाई सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सोही अनुसार दाहालले साउन २० गते (शुक्रबार) देखिनै प्राइम लाइफ इन्सुरेन्सको सीइओको कार्यभार सम्हालेका छन् ।
वि.सं.२०७९ साउन २० शुक्रवार १५:५३ मा प्रकाशित