
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको ९७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।
यस साता नेप्सेमा गरिमा विकास बैंक, सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा गरिमा विकास बैंकको १६ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत, एनएमबि लघुवित्तको २१.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
आइतबार नेप्सेमा गरिमा विकास बैंकको ६३ लाख १७ हजार ९१.९६८१ कित्ता बोनस सेयर, मंगलबार सगरमाथाको २२ लाख २२ हजार ७१५ कित्ता र एनएमबि लघुवित्तको ११ लाख ६० हजार ५८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
वि.सं.२०७९ साउन २० शुक्रवार १७:४२ मा प्रकाशित