back
NMB ad

सिभिल बैंकको नाफामा छलाङ, यस्तो छ लोभलाग्दो वित्तीय प्रगति (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवमा बैंकले १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने १६२.३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ५२ करोड ७७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी ६४.३१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६३ करोड १५ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

बैंकको संचालन मुनाफा २ अर्ब ११ करोड ३२ ला लाख ७१ हजार रुपैयाँ रहेको छ भने वितरण योग्य नाफा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ९४ करोड ३१ लाख ९५ हजार रुपैयाँ राखेको छ । गत आवमा बैंकले खराब कर्जा पनि ०.०३ प्रतिशतले घटाएर १.०८ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ १५ पैसाले वृद्धि भई १५ रुपैयाँ २६ पैसा कायम भएको । प्रतिसेयर नेवटर्थ १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २२ आइतवार ११:०१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...