back
NMB ad

प्रभु बैंकसंग गाभिन लागेको सेञ्चुरी बैंकको कस्तो छ वित्तीय प्रगति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले १ अर्ब ३५ करोड बढी नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले १ अर्ब ३५ करोड ७२ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने ११५.६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा भन बैंकले ६२ करोड ९३ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी ३१.६३ प्रतिशतले वृद्धि भई ३ अर्ब २० करोड १६ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, गत आवको असार मसान्तसम्ममा बैंकको संचालन मुनाफा पनि १४२.१२ प्रतिशतले वृद्धि भई १ अर्ब ९५ करोड १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकको वितरण योग्य नाफा भने ९१ रकोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ६४ रकोड ४ लाख ९८ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले खराब कर्ज पनि झिनो घटाएर १.५९ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ रुपैयाँले वृद्धि बढेर १४ रुपैयाँ २१ पैसा पुगेको छ भने प्रतिसेयर नेवटर्थ १२७ रुपैयाा ६४ पैसा कायम भएको छ ।

वि.सं.२०७९ साउन २२ आइतवार ११:१३ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...