back
NMB ad

राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा पोखरामा सुरु

Kumari bank ad

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठी शनिवारदेखि पोखरामा सुरु गरेको छ ।

गत आर्थिक वर्षको समिक्षा गरी चालु आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ समिक्षा गोष्ठी शुरु गरिएको बैंकले जनाएको छ ।

३ दिनसम्म सञ्चालन हुने वार्षिक समिक्षा गोष्ठीको बैंकका अध्यक्ष के.बी.उप्रेतीले शुभारम्भ गर्नु भयो ।

कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष उप्रेतीले बैंकको रणनीतिक योजना अनुसार प्रतिफल प्राप्न गर्नका लागि शाखा प्रमुखहरुको भूमिकालाई थप प्रभावकारी बनाउन गोष्ठी सफल हुने अपेक्षा व्यक्त गर्नु भयो ।

जोखिमलाई न्यूनिकरण गर्दै सदस्य सन्तुष्टीलाई ध्यान दिएर काम गर्न निर्देशन दिदै अध्यक्ष उप्रेतीले सहकारी बैंकका सवल पक्षलाई आम सहकारी संघ संस्थामा पु¥याउने र देखिएका समस्याहरुलाई समयमै समाधान गरेर अगाडि बढ्न आग्रह गर्नु भयो ।

सहकारी बैंकले गर्ने काम आफ्नो व्यवसाय वृद्धिका लागि भए पनि यसको प्रभाव सिंगो सहकारी अभियानको सफलता र असफलतासंग जोडिने भएकाले बैंकका सञ्चालक, लेखा सुपरीवेक्षण समिति, उच्च व्यवस्थापन, शाखा प्रमुखहरु र सम्पूर्ण कर्मचारीहरुको अतिरिक्त सक्रियता र समन्वय गरेर सहकारीको साख बढाउन ध्यान दिनु पर्ने उहाँको भनाइ भयो ।

पछिल्लो समय देशव्यापी रुपमा देखिएको सहकारीका समस्यालाई समाधानका लागि बैंकले आफ्नोतर्फबाट सक्दो प्रयत्न गरेको जानकारी गराउदै अध्यक्ष उप्रेतीले सहकारीमा आउन सक्ने समस्याका बारेमा बैंकका शाखा प्रमुखहरुले स्थानीय स्तरमा रहेका सरोकारवालाहरुंसंग समन्वय गरेर समाधानमा योगदान गर्न आव्हान गर्नु भयो ।

बैंकले बनाएको रणनीतिक योजनालाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि विशेषत शाखा प्रमुखहरुको भूमिका सवल हुनु पर्ने चर्चा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले गोष्ठीमा ६८ वटै शाखाको समग्र समिक्षा गरी आगामी दिनमा गर्नु पर्ने कामका बारेमा प्रभावकारी योजना निर्माण गरिने बताउनुभयो ।

गोष्ठीमा बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, उच्च व्यवस्थापन, सचिवालय र बैंकका ६८ वटै शाखाका प्रमुखहरु सहितको सहभागिता रहेको छ ।

कार्यक्रमको सञ्चालन बैंकको सञ्चालन शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सचिव रामबाबु आचार्यले गर्नु भएको थियो ।

सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल करिव १६ हजार शेयर सदस्य, करिव ३ अर्ब शेयर रकम, ५१ अर्ब निक्षेप, ३७ अर्ब कर्जा लगानी रहेको छ ।

वि.सं.२०७९ साउन २२ आइतवार ११:५२ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...