back
NMB ad

सिद्धार्थ इन्स्योरेन्सको नाफामा गिरावट, १ अर्ब ३७ करोड बढी रकम भुक्तानी हुन बाँकी

Kumari bank ad

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवमा कम्पनीले ३२ करोड १० लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ८.३१ प्रतिशतले घटेको हो । अघिल्लो आवमा कम्पनीले ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क १०.८९ प्रतिशतले वृद्धि भई २ अर्ब ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कम्पनीले १ अर्ब ३७ करोड १२ लाख ८९ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आवमो कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम भने १ अर्ब ३७ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ३१ करोड २६ लाख १७ हजार रुपैयाँ रहेको छ ।

बीमा कोषमा १ अर्ब १६ करोड ८३ लाख १६ हजार र महा विपत्ती जगेडा तर्फ ९ करोड १८ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ भने २२२ रुपैयाँ ११ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २२ आइतवार १२:४८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...