
काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले पौने ७५ अर्ब नाफा कमाएको छन् । २६ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा वाणिज्य बैंकहरुले ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३.१४ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवमा बैंकहरुले ६० अर्ब ७४ करोड ३८ लाख ४५ हजार रुपैयाँ नाफा गरेका थिए ।
गत आवमा सबैभन्दा बढी नाफा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा चौंथो त्रैमासको तुलनामा भने बैंकको नाफा ३७.३८ प्रतिशतले बढी हो ।
उक्त अवधिमा नाफा कमाउने बैंकको दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंक रहेको छ । गत आवमा बैंकको नाफा २५ प्रतिशतले वृद्धि भई ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, गत आवमा नबिल बैंकले ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ, एनआईसी एशिया बैंकले ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड ६३ लाख ६४ हजार रुपैयाँ नाफा कमाएका छन् ।
गत आवमा सबैभन्दा बढी सिभिल बैंक र सेञ्चुरी बैंकको नाफा वृद्धि भएको छ । उक्त अवधिमा बैंकको नाफा क्रमशः १६२.३५ प्रतिशत र ११५.६६ प्रतिशतले वृद्धि भई १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ र १ अर्ब ३५ करोड ७२ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
गत आवमा नेपाल एसबिआई बैंकको नाफा ७० प्रतिशत, स्टाण्र्डर्ड चार्टर्डको ६२.२६ प्रतिशत, प्रभु बैंकको ५१.१०, एनसीसीको ५१.९७, सनराइजको ४८.६९, कुमारीको ४३.८६ र एभरेष्ट बैंकको ४३.७६ प्रतिशतले नाफा वृद्धि भएको छ ।
गत आवमा भने तीन बैंकको नाफामा भने गिरावट देखिएको छ । अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा कृषि विकास बैंक, हिमालयन बैंक र सानिमा बैंकको नाफामा गिरावट आएको छ । गत आवमा यी तीनै वटा बैंकको नाफा क्रमशः २३.७४ प्रतिशत, १७.२२ प्रतिशत १.०७ प्रतिशतले घटेर २ अर्ब ६९ करोडढ ५७ हजार, २ अर्ब ४८ करोड ३१ लाख ३६ हजार र २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरि गत आवमा एनएमबि बैंकको ३६.५२ प्रतिशत, माछापुच्छ«े बैंकको नाफा ३४.४२ प्रतिशत, सिटिजन्सको २४.७६, मेगा बैंकको २१.७७, सिद्धार्थको १२.७८, प्राइम कमर्सियलको १२.६३, नेपाल बैंकको १०.२९ प्रतिशत, बैंक अफ काठमाण्डूको ४.८५, लक्ष्मीको १.७६ प्रतिशतले नाफा वृद्धि भएको छ ।
हेर्नुहोस्, कुन बैंकले कति नाफा कमाए ?
वि.सं.२०७९ साउन २२ आइतवार १४:२५ मा प्रकाशित