back
NMB ad

सान्जेन जलविद्युतले भदौ ५ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आउँदो भदौ ५ गतेदेखिे आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

उक्त आईपीओमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा छिटोमा भदौ १९ गते ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन् ।

वि.सं.२०७९ साउन २४ मंगलवार ११:५७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...