back
NMB ad

सूर्यविनायकमा नेपालकै पहिलो द्धारकाधाम निर्माण हुँदै, स्थानीयमा उत्साह

Kumari bank ad

भक्तपुर । हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चार धाम मध्येको एक धाम हो द्धारकाधाम । नेपालका नागरिक द्धारकाधामको दर्शन गर्नु परे भारतमा रहेको द्धारकाधाम जाने गर्दछन् । यसर्थ नेपालमा पनि द्धारकाधामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुदै छ ।

यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने मन्दिर निर्माणका मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिनु भयो ।

उहाँले पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्धारकाधाम निर्माण सुरु गरिने उहाँले जानकारी दिनु भयो ।

गुरु शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्धारकाधाम निर्माणमा हामी जुटेका छौँ, यहीँ २५ गते बुधबारको शुभसाइतमा जग पूजा एवं हवन गरि धामको निर्माण कार्य सुरु गरिने उहाँले बताउनु भयो ।

करिब आठ रोपनी क्षेत्रफलमा २० करोडको लागतमा पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्धारकाधामको गुरुयोजना निर्माण सम्पन्न गरि मन्दिर निर्माणको कार्य अगाडि बढाएको उहाँले जानकारी दिनु भयो । द्धारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उहाँले भारतको द्धारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उहाँको बताउनु भयो ।

उहाँले तीन वटै सरकार र दाताहरुबाट संकलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको बताउदै द्धारकमधामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताउनु भयो ।

यस क्षेत्रमा पाथिभरा मन्दिरदेखि द्धारकाधाम निर्माणमासम्म सांसद महेश बस्नेतले टेवा दिएको भन्दै उहाँले सबै क्षेत्रको बासिन्दलाई समेटर निर्माण समिति बनाएर यसलाई पूर्णता दिने शास्त्रीले बताउनु भयो । मन्दिर निर्माणका लागि ५० औ वर्ष अगाडिदेखि जग्गाको भोग चलन गर्दै आउनु भएका स्थानीय अर्जुन बस्नेतदेखि यहाँका बस्नेतहरुले जग्गा उपलब्ध गराएर मन्दिर निर्माणमा ठूलो गुण लगाएको उहाँ बताउनु हुन्छ ।

मन्दिर निर्माणमा स्थानीय सरकारको पनि सहयोग रहने नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनु भयो । उहाँले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउदै द्धारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्धारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनु भयो ।

गौ संरक्षण केन्द्रले पाथिभरा मन्दिर निर्माणदेखि अहिले द्धारकाधाम निर्माणमा समेत अगुवाई गरेको छ । केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरि २०७५ सालमा सवा करोड बत्ति बालेर नेपालकै ठूलो त्रिशुल जगाएर गुण्डुमा पाथिभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेसँगै मन्दिर निर्माण सम्पन्न भएको बताउनु भयो ।

त्यतिबेलादेखि नै यसै स्थानमा द्धारकाधाम निर्माण गर्ने संकल्प लिएकोमा अब पुरा गर्ने समय आएको भन्दै उहाँले द्धारकाधाम मेरो पनि हो, त्यसको निर्माणमा मेरो पनि लगानी छ भन्ने हक राख्नका लागि दाताहरुलाई उहाँले आव्हान गर्नु भयो ।

गौ अर्थात गाईहरुको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान सुरु गरेको यहाँ अहिले बटुकहरुलाई दिक्षा दिने र संस्कृत पाठशाला समेतको शुभारम्भ गरिएको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १२:३६ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...