back
NMB ad

निर्धन उत्थान लघुवित्तको नाफा १ अर्ब बढी, लाभांश क्षमता कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले १ अर्ब बढी नाफा कमाएको छ ।

कम्पनीले मंगलबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा प्रतिशतले १३.५० कमी हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब १८ करोड ८८ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि ११.७६ प्रतिशतले घटेर २ अर्ब ९ करोड ७४ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा २ अर्ब ७० रकोड १५ लाख ६ हजार रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड २० लाख ५९ हजार रुपैयाँ रहेको छ । जसका आधारमा कम्पनीको लाभांश क्षमता भने ३६.५३ प्रतिशत रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ८० करोड ७ लाख ३४ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले अघिल्लो आवमा ४.११ प्रतिशत रहेको खराब कर्जा गत आवमा भने घटाएर ३.१३ प्रतिशतमा झारेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ८६ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...