back
mega bank Ad
Hero Ad

शिवम् सिमेन्ट्सले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेन्डा

काठमाडौं । शिवम् सिमेन्ट्सले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न विशेष साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा भदौ १० गते बिहान ११ बजे बस्नेछ ।

कम्पनीले गणपूरक संख्या परिवर्तन गर्ने मुख्य प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो । हाल कम्पनीको नियमावलीमा कुल सेयर संख्याको ६७ प्रतिशत रहेकोे गणपूरक संख्या घटाएर कुल सेयर संख्याको ५१ प्रतिशत बनाउने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।

यस्तै, सञ्चालक समिति सदस्यहरुको संख्या घटाउने पनि प्रस्ताव रहेको छ । हाल स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालकसहित ७ जनाको सञ्चालक समिति रहेकामा घटाएर ६ जनामा सीमित गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि भदौ २ गते बुक क्लोज हुनेछ । तसर्थ, भदौ १ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

 




वि.सं.२०७९ साउन २४ मंगलवार १३:१० मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा लाईफ इन्स्योरेन्सको शेयर...

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समिट लघुवित्त वित्तिय संस्थाको...