back
NMB ad

अरुण काबेली पावरले कमायो २५ करोड नाफा : प्रतिसेयर आम्दानी कति ? यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । अरुण काबेली पावरले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले गत आवमा २४ करोड ९५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८८ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीको नाफा २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि प्रतिशतले ६.२८ वृद्धि भई ७५ करोड १० लाख ९९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यो आम्दानी ७० करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा कम्पनीको संचालन मुनाफा भने सामान्य (२.७६ प्रतिशत) ले वृद्धि भएको छ । अघिल्लो आवमा ६७ करोड ४२ लाख ८ हजार रुपैयाँ रहेको कम्पनीको संचालन नाफा गत आवमा भने ६९ करोड २८ लाख १९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २५ करोड ८० लाख ४३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा र प्रतिसेय नेटवर्थ ३०४ रुपैयाँ ६३ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार १३:२८ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५८

फुङ्लिङ (ताप्लेजुङ), ६ वैशाख : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र...

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...