काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ६१ करोड बढी नाफा कमाएको छ ।
कम्पनीले मंगलबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीले ६१ करोड ११ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ४४५.९४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड १९ लाख ३९ हजार रुपैयाँ नाफा गरेको थियो ।
गत आवमा कम्पनीको आम्दानी उल्लेख्य मात्रमा सुधार आएपछि नाफा उछाल आएको हो । गत आवमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब २३ करोड ४४ लाख १६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६३३.८२ प्रशितशतले बढी हो । अघिल्लो आवमा कम्पनीको यो आम्दानी १६ करोड ८२ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
गत आवमा कम्पनीको संचालन मुनाफा पनि ५४१.०३ प्रतिशतले वृद्धि भई ८८ करोड ३३ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको छ। कम्पनीले जगेडामा भने १ अर्ब १ करोड १३ लाख २१ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३९ पैसा रहेको छ ।
वि.सं.२०७९ साउन २४ मंगलवार १४:१६ मा प्रकाशित