काठमाडौैं । कारोबारमा आएको दोस्रो दिन हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यति बेला हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता २५ रुपैंयाँ पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २७५ रुपैंयाँ ८० पैसा कायम भएको छ।
यस्तै, यति बेला गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ७ प्रतिशत अर्थात प्रतिकित्ता ७७ रुपैयाँले वृद्धि भई १ हजार १ ७७ रुपैयाँ कायम भएको छ।
वि.सं.२०७९ साउन २४ मंगलवार १४:१४ मा प्रकाशित