काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार गत आवमा कम्पनीले १ करोड ९१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४० प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड २२ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि ८.५५ प्रतिशतले घटेर ७ करोड ५२ लाख ९७ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफा ७० लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी १४ करोड १७ लख ४५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३ करोड ६४ लाख ४९ हजार रुपैयाँ राखेको छ ।
गत आवमा कम्पनीको खराब कर्जा झिनो दरमा घटेर ४.२२ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा कम्पनीको खराब कर्जा ४.९२ प्रतिशत रहेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३३ पैसा रहेको छ ।
वि.सं.२०७९ साउन २४ मंगलवार १४:५० मा प्रकाशित