back
NMB ad

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो त ओपन रेञ्ज ?

Kumari bank ad

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको बुधवार ५० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको स्टक सिम्बोल युएचईडब्लुए रहेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दकाहरूका लागि निष्काशन गरेको ५० हजार, सर्वसाधारणको लागि निष्कासन गरेको १५ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३० लाख कित्ता गरेर कुल ५० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको आईपीओ अब भोलि अर्थात साउन २६ गते बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपन रेञ्ज तोकेको छ ।

कम्पनीले गत असार २४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

वि.सं.२०७९ साउन २५ बुधवार १८:२० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...