back
NMB ad

थप पाँच लघुवित्तले सार्वजनिक गरे चौंथो त्रैमासिक वित्तीय रिर्पोट, कुनको प्रगति कस्तो ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन् ।

बिहीबार पनि थप ५ वटा लघुवित्त कम्पनीहरुले गत आवको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । जसमध्ये उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त र विजय लघुवित्त रहेका छन् ।

अब हेरौं कुनको वित्तीय अवस्था कस्तो !

उन्नती सहकार्य लघुवित्त 

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आवमा कम्पनीले ३ करोड ८८ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ५४ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड ५७ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि १४ प्रतिशतले घटेर २१ करोड १८ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। उक्त अवधिमा कम्पनीको संचालन नाफामा पनि ६० प्रतिशतको गिरावट आई ५ करोड ३४ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३३ करोड ९० लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९ करोड ९ लाख २५ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । अघिल्लो आवमा २.३२ प्रतिशत रहेको खराब कर्जा गत आवमा भने ३.३० प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७० पैसा रहेको छ ।

साना किसान लघुवित्त

साना किसान लघुवित्त वित्तीय संस्थाले गत आवमा ७० करोड ८३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६० करोड ३१ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ११.०१ प्रतिशतले वृद्धि भई १ अर्ब ३४ करोड ७३ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि १६.३९ प्रतिशतले वृद्धि भई १ अर्ब ९७ लाख १२ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा ४३ करोड ८८ लाख १५ हजार रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनील्े जगेडा तथा कोषमा भने २ अर्ब ५९ करोड ८१ लाख २४ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको निष्क्रिय कर्जा ०.६८ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा भने २ रुपैयाँ ९१ पैसाको गिरावट आई ४५ रुपैयाँ २८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त

नेशनल माइक्रोफाइनान्स लघुवित्तले ४० करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २७.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २७.६३ प्रतिशतले वृद्धि भई ८० रकोड ३ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको संचालन नाफा ६३ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ७४ करोड ९४ लाख ४९ हजार रुपैयाँ राखेको छ ।

गत आवमा कम्पनीको खराब कर्जा पनि झिनो घटाएर २.४९ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६० पैसाले वृद्धि भई ६८ रुपैयाँ ४४ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा रहेको छ ।

मिथिला लघुवित्त

मिथिला लघुवित्त वित्तीय संस्थाले एक वर्षमा साढे ५ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ५ करोड ७६ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको हो । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने २.६७ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवमा कम्पनीले ५ करोड ६१ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ९९ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीको यो आम्दानी अघिल्लो आवको तुलनामा भने झिनो गिरावट हो ।

गत आवमा कम्पनीको संचालन नाफा ७ करोड ६९ लाख ६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ११ करोड ६३ लाख ६२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि झिनो घटेर २.६१ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ३० पैसाले घटेर ३३ रुपैयाँ ८३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ २७ पैसा रहेको छ ।

विजयी लघुवित्त

विजयी लघुवित्त वित्तीय संस्थाले गत आवमा १० करोड ४७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.२४ प्रतिशतले कमी हो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि १०.३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीको संचालन नाफा भने १५ करोड ८१ लाख ४४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको यो नाफा १९ करोड ५ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २२ करोड ८८ लाख ९२ हजार रुपैयाँ राखेको छ ।

अघिल्लो आवमा ४.६६ प्रतिशत रहेको कम्पनीको खराब कर्जा गत आवमा भने झिनो घटेर ४.०८ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ १६ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १४:३५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...