काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप दुई कम्पनीको ५ करोड २८ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा नेपाल दुरञ्चार कम्पनी (एनटीसी) को २० प्रतिशत र हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस बापतको ५ करोड २८ लाख ४३ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेमा एनटीसीको ३ करोड कित्ता र हिमालयन बैंकको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
वि.सं.२०७९ साउन २६ बिहीवार १७:४६ मा प्रकाशित