काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ पुगेको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो ।
साताको पाँचौं कारोबार दिन अर्थात बिहीबार ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज वृद्धि भएको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९६ हजार ८०० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुने महासंघले जनाएको छ ।
वि.सं.२०७९ साउन २७ शुक्रवार ११:२७ मा प्रकाशित