काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी ३ करोड बढी नोक्सानीमा रहेको छ ।
कम्पनीले शुक्रबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनी ३ करोड ३८ लाख ३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आवमा कम्पनीको खर्च बढेकाले नोक्सानीमा देखिएको हो । अघिल्लो आवमा भने कम्पनीले ९७ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ६२.४४ प्रतिशतले वृद्धि भई ७ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको यो आम्दानी ४ करोड ८० लाख ७९ हजार रुपैयाँ मात्र रहेको थियो ।
गत आवमा कम्पनीले ५ करोड १६ लाख ३२ हजार रुपैयाँ संचालन नाफा गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ३४.९८ प्रतिशतले बढी हो ।
कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने २ करोड ५४ लाख ९५ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७७ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ भने ९८ रपैयाँ ३२ रुपैयाँ रहेको छ ।
वि.सं.२०७९ साउन २७ शुक्रवार १३:१५ मा प्रकाशित