काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
गत आवमा कम्पनीले २६ करोड ३९ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.४० प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ५० करोड १८ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी भने १९.९५ प्रतिशतले वृद्धि भई ७७ करोड ५० लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको यो आम्दानी ६४ करोड ६१ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।
गत आवमा कम्पनीको संचालन नाफा २६ करोड ५ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २४ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ३ अर्ब ७४ करोड ९३ लाख ५७ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ५० पैसा रहेको छ ।
वि.सं.२०७९ साउन २७ शुक्रवार १३:५३ मा प्रकाशित