काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तेजावी सुनको मूल्य भने ९७ हजार ३ रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, उक्त दिन चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई १ हजार २५० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ साउन २९ आइतवार ११:१० मा प्रकाशित