काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यति बेला कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ८.१० प्रतिशत अर्थात प्रतिकित्ता ११ रुपैयाँ ६० पैसाले वृद्धि भएको हो ।
योसंगै कम्पनीको सेयर मूल्य १५४ रुपैयाँ ८० पैसा कायम भएको छ ।
वि.सं.२०७९ साउन २९ आइतवार १४:१५ मा प्रकाशित