काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार २७.९२ अंकले घटेको छ ।
उक्त दिन बजार नेप्से परिसुचक २०१०.०१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन गुराँस लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तका सेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ ।
त्यस्तै, हिमालय डिस्टीलरीको ६.१० प्रतिशत, इमर्जिङ नेपाल लिमिटेडको ५.८३ प्रतिशत, नेपाल लाईफ इन्स्योरेन्सको ५.७५ प्रतिशत र मल्टि प्रपोज फाइनान्स कम्पनीको ५.३७ प्रतिशतले घट्न पुगेको छ ।
वि.सं.२०७९ साउन २९ आइतवार १५:२६ मा प्रकाशित