back
NMB ad

स्थानीयद्वारा सान्जेन जलविद्युत कम्पनीको कार्यालय तोडफोड

Kumari bank ad

काठमाडौं। स्थानीयले सान्जेन जलविद्युत कम्पनीको कार्यालयमा तोडफोड गरेका छन्। आफुहरुलाई पनि अति प्रभावित अन्तर्गत नराखेको भन्दै उनीहरुले आयोजनाको कार्यालयमा तोडफोडका गरेका हुन्।

आयोजनाका एक अधिकारीका अनुसार ५० जनाको समुहले कार्यालयमा तोडफोड गरेका थिए। उनका अनुसार आयोजनाको गाडी, मोटरसाइकल लगायत समेत तोडफोड गरेका छन्। ठूलो समुह आएर तोडफोडमा उत्रिएपछि कर्मचारीहरुको भागभाग भएको थियो।

सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो। ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्ने गरी खुलाइएको थियो।

स्थानीयले पाउने १० प्रतिशतमा अति प्रभावितलाई ४ प्रतिशत, प्रभावितलाई ३.५ प्रतिशत, सामान्य प्रभावितलाई १.१ न्युन प्रभावित र जिल्लाबासीलाई बाँकी सेयर खुलाइएको थियो।

प्रभावित क्षेत्रका बासिन्दाहरुले आफूहरुलाई पनि अतिप्रभावित अन्तर्गत राख्नुपर्ने भन्दै तोडफोड गरेका हुन्।

वि.सं.२०७९ साउन २९ आइतवार १७:२१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...