back
NMB ad

शिवम् सिमेन्टको नाफा करिब ६९ करोड, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । शिवम् सिमेन्टले करिब ६९ करोड नाफा कमाएको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ६८ करोड ९३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ५१.२० प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको आम्दानी घटेसंगै खर्च बढेकाले नाफामा गिरावट आएको हो । गत आवमा कम्पनीको आम्दानी पनि ३.६९ प्रतिशतले घमटेर ९ अर्ब २६ करोड ३ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त अवधिमा कम्पनीको कुल आम्दानी २.१७ प्रतिशतले घटेर ९ अर्ब ४५ करोड १० लाख ५१ हजार र खर्च ८.४४ प्रतिशतले बढेर ८ अर्ब ६३ करोड ६५ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४ अर्ब ८३ करोड १९ लाख १९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ४४ पैसाले घटेर १५ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार ११:५० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...