back
NMB ad

८ प्रतिशतले घट्यो किसान लघुवित्तको नाफा, अन्य सूचकहरु कस्ता ?

Kumari bank ad

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार गत आवमा कम्पनीले १२ करोड ३९ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.०९ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले १३ करोड ४८ लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि ९.४१ प्रतिशतले घटेर ३६ करोड २३ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीको संचालन नाफा भने १९.५९ प्रतिशतले वृद्धि भई १७ करोड ३९ लाख ३७ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २७ करोड ७४ लाख ५३ हजार रुपैयाँ राखेको छ ।

यस्तै, अघिल्लो आवमा ४.६० प्रतिशत रहेको कम्पनीको खराब कर्जा गत आवमा भने झिनो वृद्धि भई ४.८८ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ८६ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १२:३१ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...