काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले साढे ८ करोड बढी नोक्सानी व्योहोरेको छ ।
गत आवमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा देखिएको हो । अघिल्लो आवको चौंथो त्रैमासमा भने कम्पनीले १९ करोड ९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १८ अर्ब २२ करोड ८१ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
उक्त अवधिमा कम्पनीले ९ करोड १२ लाख ३४ लाख ६५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ३३ करोड ५४ लाख ३ हजार रुपैयाँ देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ६१ करोड ५५ लाख १८ हजार रुपैयाँ देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा रहेको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार १४:०१ मा प्रकाशित