back
NMB ad

जनउत्थान सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय प्रगति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड नाफा आर्जन गरेको छ ।

कम्पनीले मंगलबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ४ करोड ९५ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.८१ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ५ करोड ३२ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि ९.७३ प्रतिशतले वृद्धि भई १७ करोड १२ लाख ७७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा ५ करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीकोे चुक्ता पुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ११ करोड ७४ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

गत आवमा कम्पनीले खराब कर्जा भने झिनो घटाई ३.९१ प्रतिशतमा झारेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खराब कर्जा ४.२८ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १३:४० मा प्रकाशित

You can share this post!

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...