काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले साढे १७ करोड बढी नाफा कमाएको छ ।
कम्पनीले बुधवार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा कम्पनीले १७ करोड ५१ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.३५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १२ करोड १३ लाख ७५ हजार रुपैयाँ नाफा गरेको थियो ।
गत आवमा कम्पनीले ३ अर्ब ८ करोड ८ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिमा कम्पनीले १ अर्ब ६६ करोड १९ लाख १५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने २० लाख ८२ हजार रुपैयाँ देखिएको छ ।
गत आवमा कम्पनीले २३ करोड ७२ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ भने ६ करोड २० लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५८ करोड ७४ लाख २० हजार रुपैयाँ राखेको छ ।
कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ४५ करोड २४ हजार रुपैयाँ र महाविपत्ति जगेडामा ७ करोड ५० लाख ५५ हजार रुपैया रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा रहेको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार ११:४० मा प्रकाशित