back
NMB ad

धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब नाघ्यो : सूचीकृत कम्पनी २३४ पुगे, कुनको क्षेत्रको हिस्सा कति ?

Kumari bank ad

काठमाडौं । नेपाली धितोपत्र बजार पुँजीकरण साढे २८ खर्ब बढी कायम भएको छ । २०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड कायम भएको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

अघिल्लो वर्ष अर्थात २०७८ असार मसान्तमा बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रहेको थियो ।

सूचीकृत कम्पनीहरूको संख्या २३४ पुग्यो

२०७९ असारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २३४ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ५१ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्।

२०७८ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.३ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

नेप्सेमा २०७९ असारसम्ममा सूचीकृत ६ अर्ब ७७ करोड रुपैयाँ सेयरको चुक्ता मूल्य ६ खर्ब ६७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

२ खर्ब ३७ अब धितोपत्र सूचीकृत

गत आर्थिक वर्ष २०७८/७९ मा कुल २ खर्ब ३७ अर्ब ६१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

गत आवमा ८९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ५५ अर्ब ८९ करोड रुपैयाँको बोनस सेयर, ५३ अर्ब २२ करोडको डिबेन्चर, २३ अर्ब २८ करोड बराबरको साधारण सेयर, ११ अर्ब ९७ करोडको हकप्रद सेयर र ३ अर्ब ७५ करोडको म्युचुअल फण्ड थप धितोपत्र सूचीकृत हुन् ।

३१ अर्ब ३७ करोडको धितोपत्र सार्वजनिक निष्काशन

गत आवमा ३१ अर्ब ३७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

समीक्षा अवधिमा बोर्डले १२ अर्ब ४८ करोडको डिबेन्चर, ७ अर्ब २० करोडको साधारण सेयर, ६ अर्ब ९० करोडको म्युचुअल फण्ड र ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

वि.सं.२०७९ भदौ १ बुधवार १३:१२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...