back
NMB ad

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

सानिमा जनरलको नाफामा छलाङ, नेकोलाई पछ्याउँदै शिखर र राष्ट्रिय बीमा कम्पनी

Kumari bank ad

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

हालसम्म संचालनमा रहेका मध्ये १७ वटा निर्जीबन बीमा कम्पनीहरुले गत आवका चौंथो त्रैमासिक रिर्पोट प्रकाशित गरेका हुन् ।

गत आवमा कम्पनीहरुले ४ अर्ब ५३ करोड ६६ लाख २० हजार रुपैयाँ नाफा गरेका हुन् । कम्पनीहरुको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ८.४४ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवमा कम्पनीहरुको नाफा ४ अर्ब १८ करोड ३५ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा सानिमा जनरल इन्स्योरेन्सले नाफामा छलाङ्ग मारेको छ । उक्त अवधिमा कम्पनीको नाफा ९८.६४ प्रतशितले वृद्धि भई १४ करोड ४९ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको नाफा ७ करोड २९ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा सबैभन्दा बढी नाफा नेको इन्स्योरेन्सले कमाएको छ । उक्त अवधिमा कम्पनीको नाफा ९ प्रतिशतले वृद्धि भई ५५ करोड १ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, सबैभन्दा धेरै नाफा कमाउने वृद्धि गर्नेको दोस्रो स्थनामा शिखर इन्स्योरेन्स रहेको छ । कम्नपीले गत आवमा ५२ करोड ६१ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा भने ५६.५४ प्रतिशतले बढी हो ।

गत आवमा पाँच कम्पनीको नाफामा गिरावट आएको छ । अघिल्लो आवको तुलनामा हिमालयन एभरेष्टको ५९.६१ प्रतिशत, आइएमई जनरलको नाफा २३.२२ प्रतिशत, सगरमाथाको ८.७१, शिद्धार्थको ८.३१ र प्रिमियर इन्स्योरेन्सको नाफा ३.५४ प्रतिशतले घटेको छ ।

गत आवमा सबैभन्दा कम नाफा अजोड इन्स्योरेन्स कम्पनीले गरेको छ । उक्त अवधिमा कम्पनीले ११ करोड ८९ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने १६.६१ प्रतिशतले बढी हो ।

यस्तै, गत आवमा प्रभु इन्स्योरेन्सको नाफा झिनो सुधार(१.८८ प्रतिशतले वृद्धि ) भएको छ । उक्त अवधिमा कम्पनीले २३ करोड ७६ लाख ४५ हजार रुपैयाँ नाफा गरेको हो ।

त्यसैगरि गत आवमा युनाईटेड इन्स्योरेन्सको ३२.५८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको नाफा ३१.४० प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ३१.२७ प्रतिशत, जनरल इन्स्योन्सको २४.५०, लुम्बिनी जनरलको १५.७६, एनएलजीको १४.०४ र नेपाल इन्स्योरेन्सको नाफा ७.३३ प्रतिशतले वृद्धि भएको छ ।

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...