काठमाडौं। बिहीबार पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज मन्दाकिनी हाइड्रोपावर सहित पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
उक्त दिन मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैंया १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २८७ रुपैयाँ १० पैसा कायम भएको छ ।
यस्तै, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्यमा पनि १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ३५ रुपैंया ७० पैसाले वृद्धि भई ३९२ रुपैंया ७० पैसा कायम भएको छ ।
श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य २९ रुपैंया ५० पैसाले वृद्धि भई ३२५ रुपैंया ४० पैसा कायम भएको छ ।
यस्तै, अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य पनि ९.९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० रुपैंया ५० पैसाले वृद्धि भई २२६ रुपैयाँ ४० पैसा कायम भएको छ ।
आज हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.९३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैंया १० पैसाले वृिद्ध भई ३५५ रुपैंया कायम भएके हो ।
वि.सं.२०७९ भदौ २ बिहीवार १५:१३ मा प्रकाशित