काठमाडौं । आज नबील बैंकको सेयर मूल्य वृद्धि भएको छ । बैंकको सेयर मूल्य ०.९४ प्रतिशतले वृद्धि भएको हो ।
साताको अन्तिम कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ ५० पैसाले वृद्धि भई ८०२ रुपैंया कायम भएको छ ।
नेप्सेका अनुसार आज बैंकको ४ करोड ११ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको ५१ हजार ३२० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ भदौ २ बिहीवार १५:२३ मा प्रकाशित