back
NMB ad

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सवा ५ अर्ब बढी नाफा माएको छ ।

बैंकको गत आवमो चौथो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा ५ अर्ब २० करोड ६४ लाख ५० हजार रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २५ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १७.५२ प्रतिशतले वृद्धि भई १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकको यो आम्दानी ९ अर्ब १३ करोड ९१ लाख २८ हजार रुपैयाा रहेको थियो ।

गत आवको असार मसान्तसम्ममा बैंकले संचालन मुनाफा पनि २६.९० प्रतिशतले वृद्धि भई ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा बैंकको वितरण योग्य मुनाफा पनि १५.८५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत आवका लागि बैंक आफ्ना सेयरधनीहरुलाई दिन सक्ने लाभांश क्षमता भने १३.४४ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १३ अर्ब ३५ करोड २६ लाख ११ रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले खराव कर्जा पनि घटाएको छ । अघिल्लो आवको असार सान्तसम्ममा १.४१ प्रतिशत रहेको खराब कर्जा गत आवको सोही अवधिमा आईपुग्दा भने १.२२ प्रतिशतमा झारेको छ ।

उक्त अवधिमा बैंकको २ अर्ब ७७ अर्ब ४९ करोड २० लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ६३ पैसाले बढेर २१ रुपैयाँ ८८ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने ५ रुपैयाँले बढेर १५६ रुपैयाँ ११ पैसा पुगेको छ ।

हेर्नुहोस् यस्तो छ बैंकको पाँच वर्षे लाभांश इतिहास

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...