काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १८५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:१५ मा प्रकाशित