back
NMB ad

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

Kumari bank ad

काठमाडौं । युनाइटेड इदि मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले सवा ५ करोड नाफा कमाएको छ ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ५ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ११.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी वृद्धि भएकाले नाफ बढ्न पुगेको हो । गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.७५ प्रतिशतले वृद्धि भई १८ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने कम्पनीको यो आम्दानी १३ करोड ४५ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५ २३ लाख ५९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४७ पैसा रहेको छ ।

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...