काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आवमा कम्पनी २ करोड ८४ लाख ५८ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । अघिल्लो आवको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनी ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गरेको छैन । गत आवमा कम्पनीको संचालन नाफा पनि २ करोड ८४ लाख ५८ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १७ करोड ९३ लाख ८३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ९० पैसा ऋणात्मक देखिएको छ । प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ४ पैसा रहेको छ ।
वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:४२ मा प्रकाशित