back
NMB ad

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै!

Kumari bank ad

काठमाडौ,ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ ।
बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको हो ।
यो सेवाको सुरुवातसँगै ग्राहकहरूले अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेे आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरीे सहुलियत अनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्नुहुनेछ ।
यसले गर्दा ग्राहकहरू प्रतीतपत्र (एलसी) वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास लिइएको छ ।
यो प्रणाली २०७९ भाद्र महिनाबाट लागू भएको छ । यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवद्र्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।
बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरीे समय समयमा यस किसिमका नयाँ योजनाहरु ल्याएर ग्राहकहरूलाई फाइदा पुर्याउँदै आएको छ । बैंकले शुरु गरेका यस्ता सेवा ग्राहकहरूलाई लाभकारी हुने बैंकको विश्वास रहेको छ ।
मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 

 

वि.सं.२०७९ भदौ १४ मंगलवार १७:४६ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...