back
NMB ad

प्रहरीले भन्यो बच्चा चोरको हल्लामा कुनै सत्यता छैन

Kumari bank ad

काठमाडौ।  बाराको निजगढ नगरपालिकामा ‘बच्चा चोर’ को हल्लामा कुनै सत्यता नरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा रौतहट, पर्सालगायत तराई मधेशमा भारतबाट आएका मानिसहरूको समूहले बच्चा चोर्ने गरेको र प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही गरेको भन्ने खाले भिडियो तथा तस्बिरहरू भाइरल भइरहेको छ ।

विशेषगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट देशका विभिन्न सहरहरूमा समूह नै बनाएर मानिसहरू आउने, कतिपय पुरुषहरू महिलाको भेषमा आउने र बच्चाहरूलाई खानेकुरा दिएर फकाउने गरेको भन्दै भिडियो र फोटोहरू पोष्ट गरिएका छन् । ती पोष्टहरु धेरै मात्रामा सेयर पनि भइरहेको छ ।

तर, निजगढ प्रहरीले भने ‘बच्चा चोर’ को बिगिबिगी केबल हल्ला मात्र भएको बताएको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक संजिव ओलीले भने, ‘स्थानियले बच्चा चोरको आरोपमा समातेर प्रहरीलाई बुझाएकाहरूको अनुसन्धान गर्दा त्यस्तो केही नपाइएको बताउँछन् ।’

उनका अनुसार बिहीबार निजगढ नगरपालिका ८ बाट स्थानीयले बच्चा चोरी गर्न लागेको आरोपमा पक्राउ गरेपश्चात प्रहरीमा बुझाएका उनी सोही क्षेत्र वरपर केही दिनदेखि मागेर हिँडिरहेका व्यक्ति थिए ।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दा बच्चा चोरी गर्ने कुनै नियत नदेखिएको बताएको छ ।

‘यस्ता विषयमा नागरिक सचेत हुनु एकदमै राम्रो हो,’ निरीक्षक ओलीले भने, ‘तर धेरै सशंकित भएर कसैलाई आक्रमण गर्दा अर्को दुर्घटना हुन सक्छ । त्यसैले शंकाको भरमा कसैलाई कुटपिट नगर्न र आवश्यक परे प्रहरीलाई खबर गर्न आग्रह गरे ।’

‘बच्चा चोर’ को आरोपमा प्रहरीमा बुझाइएका र स्थानीयले कुटपिट गरेका अधिका‌ंश व्यक्तिहरू मागेर खाने, मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाइ छ ।

‘बच्चा चोर’ को आरोपमा नौलो मानिसहरूलाई समात्ने, कुटपिट तथा दुर्व्यवहार गर्ने प्रवृत्ति छिमेकी जिल्लामा बढेपछि त्यसतर्फ नागरिक सचेत हुनुपर्ने स्थानीयको भनाइ छ । अनायसै शंकाको भरमा कसैलाई कुटपिट या दुर्व्यवहार गर्न नहुने संचारकर्मी प्रल्लाद शर्माको भनाइ छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १४:४६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...