back
NMB ad

कर्णालीमा ४० प्रतिशत दरबन्दी रिक्त

Kumari bank ad

सुर्खेत । कर्णालीमा मन्त्रालय र मातहतका कार्यालयमा अहिले पनि झन्डै ४० प्रतिशत कर्मचारी अपुग छन् । तर, स्वीकृत दरबन्दीअनुसार कर्मचारीको पदपूर्तिका लागि भने कमै माग गरिएको छ । प्रदेशमा दुई हजार ८६२ स्वीकृत दरबन्दीमध्ये एक हजार ७२२ जनाको मात्रै पदपूर्ति भएको छ । अहिले पनि एक हजार १४० पद रिक्त छन् ।

आयोगका अनुसार हाल प्रदेश मातहतमा सातौँ र आठौँ तहका गरी ३४३ जना कर्मचारी माग गरिएको छ । लोकसेवा आयोगमा कर्णाली प्रदेशअन्तर्गत सातौँ तहका लागि २९२ पदको विवरण पेस भएको छ । आठौँ तह मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक, डेन्टल सर्जन गरी ५१ जनाको विवरण प्रदेशले आयोगमा पेस गरेको हो ।

प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्षपछि आयोगले दरबन्दी सिफारिसको काम अघि बढाएको छ । आयोगले पहिलो पटक पाँचौँ तहको तथ्यांक सहायक पदको अन्तर्वार्ता गर्न लागेको छ । केही दिनमा अन्तर्वार्ता सकेर कर्मचारी सिफारिस गर्ने तयारी आयोगको छ । प्रदेश निजामती ऐन पारित नहुँदा भने कतिपय काम प्रभावित भएको जनाइएको छ ।

पदपूर्ति, सरुवा, बढुवाजस्ता काम रोकिएका छन् । हाल आयोगले कति सङ्ख्यामा विज्ञापन गर्ने र कति सङ्ख्या आन्तरिक बढुवाका लागि छुट्याउने भन्नेबारे गृहकार्य गरिरहेको आयोगका प्रवक्ता खत्रीले बताउनुभयो ।

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका सातौँ तथा आठौँ तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउने भएको छ । आयोगले असोजको अन्तिम मंगलबार खुला तथा समावेशीतर्फ पदपूर्तिका लागि विज्ञापन गर्ने भएको हो । कर्मचारी सिफारिसका लागि आयोगले प्रदेश सरकार र स्थानीय तहसँग माग संकलन गरेको छ । आयोगले गएको २ साउनमा पदपूर्तिका सम्बन्धमा सातौँ र आठौँ तहमा रिक्त पदको विवरण माग गरेको थियो । कर्णालीका ७९ वटामध्ये ७२ स्थानीय तहले मात्र सातौँ र आठौँ तहका कर्मचारीको माग विवरण पेस गरेका छन् ।

प्रदेश लोकसेवा आयोगका प्रवक्ता (उपसचिव) बुद्धिबहादुर खत्रीले छवटा स्थानीय तहबाट भने कर्मचारी पदपूर्तिका लागि विवरण पेस नभएको बताए । उनका अनुसार ७२ वटा स्थानीय तहले सातौँ तहका लागि २२३ पदपूर्तिका लागि माग गरेका छन् ।

कर्णलीका नौवटा स्थानीय तहले आठौँ तहको कर्मचारीको पदपूर्तिका लागि माग गरेका छन् । जसमा मेडिकल अधिकृतको माग गरिएको छ । आयोगले कर्मचारी पदपूर्तिका लागि आवश्यक विवरण पठाउन भने पनि दुवै तहका कुनै पनि पदमा छवटा स्थानीय तहले माग गरेका छैनन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, डोल्पाको डोल्पोबुद्ध गाउँपालिका, जुम्लाको तिला गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले पदपूर्तिका लागि विवरण पेस नगरेको बताइएको छ ।

वि.सं.२०७९ भदौ २४ शुक्रवार १५:०९ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...