back
NMB ad

कराँतेमा प्रिन्स सेमिफाइनलमा

Kumari bank ad

फाइल तस्विर

काठमाडौं । बागमती प्रदेशका प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४० केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा मधेश प्रदेशका अंकितकुमार ठाकुर तथा बागमतीका निरोज दुधराज र अर्जुन भुजेलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल आईएफकेके संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ४५ केजीमुनि लुम्बिनी प्रदेशका दिनेशकुमार पत्थरकत, बागमतीका अनिल तामाङ, प्रदेश १ का विजय राई, मधेशका अनमोल माझी, बागमतीका सन्जिव बस्नेत, मधेशका महेन्द्र बोहरा र बागमती प्रभात तामाङ क्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहको आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आज ९सनिवार०सम्पन्न हुनेछ ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:१३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...